दफा १७५
वहुविवाह गर्न नहुने

(१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन ।
(२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुषवा महिलाले पुनः विवाह गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजाररुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(५) उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामालेखिएको कुनै कुराले असर पारेको मानिने छैन ।